Logo
Logo

२४ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २३५ पीसीआर परीक्षणमा १ हजार ५ सय ७७ जना र ४ हजार ९९७ एन्टिजेन परीक्षणमा ८ सय ९७ जनामा गरी २ हजार ४ सय ७४ जनामा देखिएको हो ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ । यस्तै, २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।

Image

प्रतिक्रिया दिनुहोस्