Logo
Logo

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद विघटन र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको विरोध गर्दै पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसअघि विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादीनिकट अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल पक्षधर अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी संगठन र जनमोर्चानिकट खलि छैठौंले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले संसद पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरू पनि घोषणा गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्