Logo
Logo

जनकपुर उपमहानगरले ल्यायाे डेढ अर्बकाे बजेट


दृष्टि संवाददाता

441
Shares

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उप-महानगरपालिकाको सातौं नगर सभामा बिहीबार उपप्रमुख रीताकुमारी झाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ९८ करोड २० लाख ६० हजार र पुँजीगततर्फ ४९ करोड ५० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले बजेटको स्रोतमा संघीय सरकारबाट सशर्त अनुदान वापत पाएको ५२ करोड ७० लाख र प्रदेश सरकारबाट पाएको १ करोड ५० लाख रुपैयाँलाई पनि राखेको छ ।

बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा तथा खेलकुदको विकासको लागि संघीय सरकारको अनुदानका अतिरिक्त १ करोड छुट्टयाइएको उपप्रमुख झाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्