Logo
Logo

४१ गाउँपालिकाले ल्याएनन् बजेट


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । गाउँपालिका राष्ट्रिय महासंघले ४१ गाउँपालिकाले बजेट सार्वजनिक नगरेकाे जानकारी दिएककाे छ ।

देशभरका ४ सय ६० गाउँपालिकामध्ये बिहीबार ४ सय १६ वटा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेकाे महासंघले जनाएकाे हाे ।

महासंघका अनुसार ४१ वटा गाउँपालिकाले कोरोनादेखि आन्तरिक कलहका कारण बजेट ल्याउन नसकेका हुन् ।बजेट नल्याउनेमा सवैभन्दा बढी प्रदेश २ का पालिकाह छन् । प्रदेश २ का ५९ मध्ये २१ पालिकाले बजेट ल्याएका छैनन् ।

प्रदेश १ का ८८ मध्ये ५ पालिका, बागमतीका ७४ मध्ये ४ पालिकाले बजेट ल्याएका छैनन्। त्यसैगरी गण्डकीका ५८ मध्ये ५ वटाले बजेट ल्याएका छैनन् भने एउटा पालिकाले बजेट ल्याए नल्याएको विवरण संकलन हुन नसकेको महासंघले जनाएको छ ।

लुम्बिनीका ७३ मध्ये दुईवटा पालिका सम्पर्कमा नआएको कारण विवरण प्राप्त हुन नसकेको, कर्णालीका ५४ मध्ये ७ वटा र सुदुरपश्चिम प्रदेशका ५४ मध्ये एउटा गाउँपालिकाले बजेट ल्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्