Logo
Logo

नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं ।  एएफसी महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक भएको छ । बिहिबार मलेसियामा भएको ‘ड्र’ अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ परेका छन् ।

एसियाका २८ देश प्रतियोगिताको ड्रमा समावेश थिए । चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो ।

समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ ।

समूह सीमा तीन पटकका विजेता उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेशिया छन् । समूह डीमा म्यानमार, युएई, ग्वाम र लेबनान समावेश छन् ।

छनोट चरणका खेलबाट समूह विजेता बन्ने सबै टोलीले एएफसी एसियन कपमा स्थान बनाउने छन् । छनोट खेलहरू सेप्टेम्बर १३ देखि २५ सम्म र प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म हुने एएफसीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्