Logo
Logo

नेप्से १७ अंकले घट्दा सात अर्बको मात्रै कारोबार


दृष्टि संवाददाता

252
Shares

काठमाडाैं । साताकाे अन्तिम काराेवारकाे दिन सेयर बजार परिसुचक नेप्से १७ अंकले घटेकाे छ । यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से १६ दशमलव ९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको हाे ।

गिरावटसहित नेप्से सूचक २ हजार ८ सय ४३ विन्दुमा झर्दा कारोबार रकम पनि ७ अर्ब रुपैयाँमा सीमित भएको छ। २ सय १९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३ सय ६९ कित्ता सेयर खरिद विक्री भएको छ ।

माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीको सेयर मूल्य २/३ प्रतिशतभन्दा धेरै बढ्न सकेन। त्यस्तै, न्याग्दी ग्रुप, नेपाल इन्स्योरेन्सको सेयर मूल्य भने अधिकतम ५/५ प्रतिशतसम्म घटेको छ।

होटल तथा पर्यटन र जलविद्युत समूह हरियो भएपनि बाँकी सबै उपसमूह रातो भएका छन्। जीवन र निर्जीवन बीमा समूह सर्वाधिक १५० अंक हाराहारी घटेका छन्।

प्रतिक्रिया दिनुहोस्