Logo
Logo

कामना सेवा विकास बैंकको ऋणपत्र असार १० बाट कारोबार सुरु


दृष्टि संवाददाता

0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकको ‘९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र असार १० गते बिहीबारदेखि किनबेच गर्न पाइने भएको छ । असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने भएको हो ।

चुक्ता मुल्य एक हजार रुपैयाँ कायम भएको कुल १० लाख कित्ता थान ऋणपत्र सूचीकृत भएको हो । जुन गत २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला भएको थियो ।

उक्त ऋणपत्र सूचीकरणसम्बन्धी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्