Logo
Logo

चीनले बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार दुई दिन अगाडि सम्पन्न बेल्ट एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा आफूहरुले सो प्रस्ताव गरेको हो ।

मन्त्रायका प्रवक्ता झाओ लिजानले कोरोनाविरुद्धको खोपमा अन्तर्राष्ट्रिय साझेदारी बढाउन सो प्रस्ताव गरिएको जानकारी दिएका छन् ।

भ्याक्सिनबारे अनुसन्धान, यसको उत्पादन र वितरणमा सो कार्यक्रम केन्द्रित हुने उनले जानकारी दिए । साथै, विकासोन्मुख मुलुकहरुको भ्याक्सिनमा पहुँच बढाउनको लागि सो कार्यक्रम अगाडि बढाउन खोजिएको हो ।

तर यसको मोडालिटी के हुने भन्ने विषयमा भने उनले केही पनि बताएका छैनन् । यस अगाडि चीनले दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर आपत्कालीन भण्डारण संयन्त्रण निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्