Logo
Logo

फिफा महिला वरीयतामा नेपालले एक स्थान सुधार


दृष्टि संवाददाता

756
Shares

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्