Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

२४ सयमा कोरोना पुष्टिदेखि सर्वोच्चको आदेशप्रति प्रधानमन्त्रीको असन्तुष्टीसम्म


दृष्टि संवाददाता

1.4k
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ३ सय ५१ जनामा गरिएको कोरोना परीक्षणमा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु, जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइने,पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा खोप केन्द्रमा लैजानुपर्ने ।

२. प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिन शुक्रवार पनि सुनुवाइ, ६ जना कानून व्यवसायीको बहसपछि थगित, विपक्षीलाई अब जम्मा २ घण्टा ३५ मिनेटको समय, राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने अधिकार संविधानमा नभएको अधिवक्ताको तर्क, प्रधानन्यायाधीशद्वारा प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय भन्दै सरकारी वकिललाई प्रश्न ।

३. सर्वोच्च अदालतको मन्त्रिपरिषद विस्तार बदर गर्ने निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जनाए असन्तुष्टी, अदालतको आदेशमाथि नै गरे शंका, प्रचण्डले धादिङमा दिएको अभिव्यक्तिको भोलिपल्ट अभिव्यक्तिले भनेकै जसरी फैसला आउनु आपत्तिजनक र सोचनीय रहेको ओलीको भनाइ, राष्ट्रपतिलाई विवादमा पार्ने काम भएकोप्रति असन्तुष्ट, देशको नयाँ नक्सा कुनै पनि हालतमा फिर्ता नहुने दावी ।

४. नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि नेताहरू दौडधुपमा, नयाँ सीमकरण निर्माणका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफल, संस्थापन इत्तर पक्षका ९ जना युवा नेताले रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिने, रामचन्द्र पौडेलले पनि बोलाए आफू निकट पदाधिकारीको भेला, नयाँ क्रियाशील सदस्यको सदस्यता सच्याउनुपर्ने भेलाको निष्कर्ष ।

५. कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बन, पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयद्वारा निलम्बन गरिएको घोषणा, निलम्बित तीनै जनालाई सर्वोच्च अदालतले पुर्नवहाली गरेको भएपनि एमाले संसदीय दलद्वारा एक महिनाका लागि निलम्बित ।

६. जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागी हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको कांग्रेसको आरोप, कुनै घटना उजागर भएपछि त्यसको पक्ष र विपक्षमा नागरिक तहबाट धारणा आइरहँदा त्यसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न र द्वन्द्व बढ्न नदिन राज्य पक्षले सतर्कता र गम्भीरता देखाउन नसकेको कांग्रेसको टिप्पणी, विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका दिन कांग्रेसको प्रधानमन्त्रीसँग माग ।

७. प्रदेश नम्बर २ सरकारलाई संविधान अनुसार समावेशी बनाउन दायर गरिएको रिटमा उच्च अदालत जनकपुरधामले विपक्षीलाई छलफलका लागि बोलाउने आदेश दियो , उच्च अदालतका मुख्य न्यायाधीश बिनोद शर्माको इजलाशले विपक्षीलाई असार १६ गते छलफलका लागि बोलाउने आदेश भएको रजिष्ट्रारद्वारा जानकारी ।

८. जीवन विकास लघुवित्तको साधारण सेयरमा पहिलो दिननै पौने चार गुणा बढी आवेदन, टेलिकमको सेवा पटक÷पटक अवरुद्ध हुनथालपछि सञ्चार मन्त्रालयले बनायो उच्चस्तरीय छानविन समिति, एनआईबिएल एस समृद्धि फण्ड २ को १५ करोड इकाई नेप्सेमा सूचीकृत ।

९. नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का, ‘वाइल्ड कार्ड’ मार्फत इन्ट्री पाएकी भट्ट प्रतियोगितामा सहभागिता जनाउने पाँचौ नेपाली खेलाडी, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गर्दै सयौं स्थानमा उक्लियो, भलिबल संघद्वारा मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समिति गठन ।

१०. र, डेल्टा भेरियन्टको नयाँ म्युटेसन ४० जनामा पुष्टि भएसँगै भारतले कोरोना परीक्षण बढाउन सबै राज्यलाई निर्देशन दियो, मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्ट भएको भन्दै थप सर्तकता अपनाउन विज्ञको सुझाव, अमेरिकाको फ्लोरिडा राज्यमा २३० वटा फ्ल्याट भएको १२ तले भवन भत्किँदा १ जनाको मृत्यु, ९९ जनाभन्दा बढी सम्पर्कविहीन ।

प्रतिक्रिया दिनुहोस्