धरान । गायक डिल्ली फोम्बोले लिम्बु भाषाको ‘फुङवा साम्लो’ बोलको गीत सार्वजनिक गरेका छन् । दिलसिंह मेयाङ्बोको रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको उक्त गीतमा लिम्बु समुदायको मुन्धुममा बर्णन गरिएअनुरुप बिभिन्न फूलहरुलाई मानवजीवनका बिभिन्न पक्षसँग प्रतिकको रुपमा चित्रण गरिएकोे छ ।
मुन्धुममा बर्णन गरिएअनुसार सिल्लरी (धनियाँ) फूल मानव चोलाको प्रतिकात्मक फूल हो भने बाबरी फूललाई अनिष्ठ प्रेतात्माको फुलको रुपमा लिइन्छ । मुन्धुममा यस्तै अन्य अनेकौँ फूललाई बेग्लाबेग्लै प्रतिकको रुपमा बर्णन गरिएको छ ।
अपार रेकर्ड्समा रेकर्ड गरिएको उक्त गीतमा समीरको संगीत संयोजन रहेको छ । गीत सार्वजनिक गरेपछि गायक डिल्लीले भने, ‘भविष्यमा पनि आफ्नो भाषा, संस्कृतिका गीतहरु निकाल्ने सोच छ ।’