Logo
Logo

फाल्गुनन्द गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा


दृष्टि संवाददाता

693
Shares

इलाम । इलामको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि लिम्बु भाषालाई स्थानीय सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ । लिम्बु जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बु भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो ।

यस्ते, पालिकाभित्र बोलिने अन्य भाषालाई समेत कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ । पालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले सो घोषणा गरेका हुन् ।
गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको हो । यस अघि नै पालिकामा मातृभाषाको रूपमा लिम्बु भाषा पढाइ हुँदै आएको छ ।

पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरी कार्यान्वयनना ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समयसापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरी प्रयोगमा ल्याउने भएको हो ।

यसअघि इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रूपमा सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्