Logo
Logo

आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । आई पे रेमिट प्रालिले हालको परिस्थितिलाई मध्यनजर गर्दै कारोबारलाई डिजिटल माध्यममा लैजाने उद्देश्यले नेपाल पेमेन्ट सोलुसनसँग डिजिटल कारोबारसम्बन्धी सम्झौता गरेको छ । विभिन्न डिजिटल कारोबार गर्ने संस्थाहरूसँग सहकार्य गरी अघि बढ्ने कम्पनीको प्रमुख उद्देश्यलाई मध्यनजर गर्दै आई पे रेमिट प्रालि र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता भएको हो ।

अबका दिनमा डिजिटल कारोबार नै बढी समयसापेक्ष हुने भएकाले कारोबारलाई पनि डिजिटल माध्यममा चुस्त राख्नका लागि सम्झौता गरेको कम्पनीले जनाएको छ । सम्झौतामा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । रियल टाइम एकाउन्ट डिपोजिट सुविधाका साथै नेपालका विभिन्न वालेटमा रियल टाइम टपअप सुविधामा नेपाल पेमेन्ट सोलुसनसँगको सम्झौतापछि झन् प्रभावकारी र गुणस्तरीय हुने आई पे रेमिटका बजार प्रमुख रूपनारायण श्रेष्ठले बताए ।

मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स नेपाल भिœयाइरहेको आई पे रेमिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्