काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाएका छन् ।
बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुनेछ। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ । क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राखेका छज् ।
कांग्रेसमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य पुगेका छन् । १० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसले सिन्धुपाल्चोकलगायत केही जिल्लाबाट क्रियाशीलको विवरण इन्टी गर्न बाँकी नै छ ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । देउवाले महाधिवेशन नजिकिएपछि क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न बैठक राखेका छन् ।