काठमाडौं । आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले बिहान देशभर सामान्यदेखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
यस्तै आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।