काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका हुन् ।
आज बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । विधान महाधिवेशन बोलाउने एमालेको तयारी रहेको जनाइएको छ । आजको बैठकमा यसबारे पनि छलफल हुन सक्ने सम्भावना छ ।
एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ । नेता माधवकुमार नेपाल पक्षविनै अध्यक्ष ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए ।