Logo
Logo

इटलीले दियो नेपाललाई २० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री


दृष्टि संवाददाता

630
Shares


काठमाडौं । इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।

हस्तान्तरण्का क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदूत पनि उपस्थित थिए । राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्