Logo
Logo

अमेरिकाले हटायाे टिकटक र विच्याटमाथिको प्रतिबन्ध


दृष्टि संवाददाता

756
Shares

एजेन्सी ।अमेरिकाले चिनियाँ एप्स टिकटक र विच्याटमाथि लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ। डोनाल्ड ट्रम्प सरकारमा हुँदा उनले टिकटक तथा विच्याट लगायत अन्य चर्चित एप्सहरुमाथि प्रतिबन्ध लगाएका थिए।

चिनियाँ एप्सहरु चिनियाँ सेना तथा सरकारको जासुसीको माध्यम भएको आरोप लगाइएको थियो। त्यसयता टिकटक र विच्याटले अमेरिकामा कारोबार गर्न पाएका थिएनन्। सोमबार अमेरिकी वाणिज्य विभागले कारोबारको प्रतिबन्ध फुकुवा गर्ने बताएको छ।

प्रतिबन्ध फकुवा भएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले ती एप्सहरु अमेरिकाको लागि सुरक्षा खतरा हुन् या हैनन् भनेर अनुसन्धान गर्न निर्देशन दिएका छन्।

अमेरिकाले चिनियाँ एप्समा प्रतिबन्ध फुकुवा गर्ने बताएसँगै चीनले अमेरिकी कार्यको स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्