Logo
Logo

‘ए’ डिभिजन लिग असोजको पहिलो साताबाट


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको ‘ए’ डिभिजन लिग असोजको पहिलो साताबाट सुरु गर्ने तयारी थालेको छ ।
भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो एन्फा क्यालेन्डरमा ए डिभिजन लिग भाद्रदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

यस सिजनको शीर्ष डिभिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने एन्फाको तयारी छ । असोजको पहिलो हप्ता ए डिभिजन लिग सुरु गरेर फागुनसम्म पुर्याउने एन्फाले लक्ष्य राखेको छ । ए डिभिजनका क्लबसंग छलफल गरेर लिगको मिति पक्का हुनेछ ।

नयाँ सिजनको घरेलु लिग सञ्चालनको सम्बन्धमा छलफल गर्न एन्फाले सोमबार क्लबसंग छलफल समेत राखेको छ । सो छलफलले एन्फाको प्रस्तावित मितिको सम्बन्धमा औपचारिक निर्णय गर्नेछ ।

कोरोना प्रकोपका कारण अघिल्लो वर्ष ए डिभिजन लिग हुन पाएन । अघिल्लो वर्ष ए डिभिजन लिग आयोजना सम्भव नदेखिएपछि एन्फाले २०७७ सालमा पुरा हुन नसकेका क्यालेन्डरलाई पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्