Logo
Logo

आइपीओमा बढ्दाे आकर्षण, जीवन विकास लघुवित्तकाे आइपीओमा १५ लाख बढी आवेदन


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । जीवन विकास लघुवित्तको आइपीओमा आइतबार बेलुकासम्ममा साढे १२ गुणा आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार आइतबार बेलुका पाँच बजेसम्म कम्पनीको आइपीओमा १५ लाख १२ हजार ९४१ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे ।

 जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरको १२ दशमलव ४७ गुणा धेरै हो। लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। 

निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।

प्रतिक्रिया दिनुहोस्