Logo
Logo

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको हो ।

साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरूले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन् । पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरूलाई अहिले भ्याइनभ्याइ छ ।

निधि, कोइराला र सिंहले १४ औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमबार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लन्च मिटिङ आयोजना गरेकी छन् ।

आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै उनले पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाएकी छन् । अन्यथा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरूसँग सहयोग मागेकी छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्