Logo
Logo
संवैधानिक इजलास

प्रधानन्यायाधीशको प्रश्न- विश्वासको मतबारे घोषणा कसले गर्ने हो ?


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विश्वासको मतबारे घोषणा कसले गर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

संवैधानिक इजलामा जारी प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा जारी सुनुवाइमा सरकारी पक्षबाट बहसमा सहभागी नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन् ।

बहसका क्रममा नायव महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नभएकाले नलिएको दावी गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाए नपाएको घोषणा सदमा सभामुखले गर्ने होइन ? भन्दै प्रधानन्यायाधीशले विश्वासको मत लिने नलिने कुरा प्रधानमन्त्रीको होला तर लिने त ससदमा हो कि कहाँ हो ? भन्दै अर्को प्रश्न पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्