Logo
Logo

६ सहसचिवको सचिव बढुवामा सिफारिस


दृष्टि संवाददाता

9.8k
Shares


काठमाडौं । निजामती प्रशासनमा प्राविधिकतर्फ सचिवका दुई पदमा ६ सहसचिवको सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा र इन्जिनियरीङमा बढुवा सिफारिस गरेको हो ।


कृषि तथा वन सेवा वरिष्ठ सहसचिव त्रय डा. कृष्ण प्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खनालको नाम सिफारिस गरेको हो । त्यस्तै, इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोपाल प्रसाद सिग्देलको नाम सिफारिस गरिएको छ । सिफारिस भएका ६ मध्ये दुई जनालाई सरकारले बढुवा गर्नेछ ।
प्रशासनतर्फ बरिष्ठताको आधारमा सहसचिव दामोदार रेग्मीको बढुवा सिफारिस भइसकेको छ । प्रशासनतर्फ थप ५ पद रिक्त छन् । एक पद बिहीबारदेखि रिक्त हुँदैछ । त्यसमा पनि बढुवा सिफारिसको तयारी भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्