Logo
Logo

ओलीले बोलाएको बैठकमा माधव समूह सहभागी होला ?


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । सर्वोच्च अदालतले वैधानिकता नदिएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठक यो कमिटीको अन्तिम बैठक भनिएको छ । बैठकले पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो । तर, वरिष्ठन नेता माधवकुमार नेपाल पक्षले असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले महाधिवेशन आयोजक कमिटी खारेज गरेको थियो ।

आजको बैठकबाट यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने एमालेले निर्णय गरिसकेको छ । केन्द्रीय कमिटीको शुक्रबार बस्नेछ बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराउने ओलीको योजना छ । तर, माधव समूहले यस विषयमा प्रतिकृया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्