Logo
Logo

उद्यमशीलतालाई प्रवद्र्धन गर्न नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’ योजना


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । नबिल बैंकले दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले नबिल दिगो बैंकिङ योजना ल्याउने भएको छ । बैंकले मंगलबार भर्चुअल कार्यक्रममार्फत योजना घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिकस्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका निमित्त सुविधाहरू प्रदान गर्ने सोच लिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले यो कार्यक्रम लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम हुने बताए । उनले भने, ‘अर्थ व्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थ व्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूबारे सचेत रहन आवश्यक छ ।’ त्यसैले नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको उनको भनाइ थियो । बैंक नाफा बढाउनेमा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा ध्यान दिएको पौड्यालले बताए । यसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्ने उनको भनाइ थियो । यसका साथै लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्ने पौड्यालले बताए ।

ग्रामीण क्षेत्र र वित्तीय पहँुच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको जनाएको छ । यी उत्पादनहरू देशव्यापी रूपमा सबै शाखाहरूमा ल्याइए तापनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाएको छ ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरेका थिए ।

बैंकले देशभर १ सय १९ शाखा कार्यालय, १ सय ८५ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टको सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्