काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बागमती प्रदेशमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको स्वयम्भू र भक्तपुरको जगातीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्डभित्र रही बैंकका अध्यक्ष सुदीप आचार्यले दुवै शाखाको उद्घाटन गरेको जनाइएको छ । उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारी उपस्थित भएको तथा अन्य सञ्चालकहरूको भने भर्चुअल उपस्थिति रहेको बैंकले जनाएको छ ।
उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारका क्रममा समयसापेक्ष थप नवीनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा–सुविधा उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको जनाएको छ । बैंकले देशभरमा १ सय २७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।