Logo
Logo

एमाले २०७५ जेठ २ कै केन्द्रीय कमिटीमा रूपान्तरण


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।

आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको छ । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही १८ असारमा आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए । उनका अनुसार बैठक काठमाडौंमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्