Logo
Logo

बादलसहित चार पूर्व माओवादी नेता एमाले स्थायी कमिटीमा


दृष्टि संवाददाता

7.3k
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी विस्तार गरेर पूर्व माओवादीका चार नेताको व्यवस्थापन गर्ने प्रयास गरेको छ । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमालेमै रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापालाई स्थायी कमिटीमा व्यवस्थापन गरेको हाे ।

यस अघि ओली समूहले दशौं महाधिवेशन घोषणा गर्दै पूर्व माओवादी नेतालाई महाधिवेशन आयोजक कमिटीमा राखेर व्यवस्थापन गरेको थियो । तर, सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि जिम्मेवारीविहीन बनेका चार पूर्व माओवादी नेतालाई पुन: जिम्मेवारी दिइएको हो ।

बुधबार सम्पन्न महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले स्थायी कमिटीमा ८ सदस्य थप्दा पूर्व माओवादीका चार नेता अटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्