Logo
Logo

नेप्सेसँगै काराेवार रकममा पनि गिरावट


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । बुधबार नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट देखिएको छ।

बुधबार नेप्से सूचक ४ दशमलव १३ अंकले घटेर २ हजार ८ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १ दशमलव ३२ अंकले घटेको छ।

केहि समय अघि १९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार घटेर ६ अर्बभन्दा तल झरेको छ। यो अघिल्लो दिन मंगलबारको तुलनामा पनि कम हो।

बुधबार विकास बैंक, हाइड्रोपावर, फाइनान्स, ननलाइफ इन्स्योरेन्स, उत्पादन तथा अन्य समूह बाहेक सबै समूह रातो भए । बजारमा सर्वाधिक कारोबार हिस्सा ओगटेको नेपाल इन्स्योरेन्सको ३० करोड ४२ लाख ५८ हजार बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्