Logo
Logo

शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । बिहीबार बस्ने पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्