Logo
Logo

मौसम पूर्वानुमानः बिहानैदेखि अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन अनुरोध


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम र्पुमार्नुमान महाशाखाले मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ ।

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी बर्षा मापन भएको जानकारी दिएको छ ।

मरिन कुसुन्तार, बागमती राइगाउँ, पधेरादोभान लगायतका बाढीमापन केन्द्रहरुमा जलसतह बढ्दो क्रममा रहेको विभागले जानकारी दिएको हो । सो जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च जोखिम रहेकाले सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ ।

त्यस्तै तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । चुदी खोला लगायत सो क्षेत्रमा स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्