काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदातको संवैधानिक इजलासमा आज पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले बहस गर्दैछन् ।
आज प्रधानमन्त्रीको तर्फबाट पुर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गरेका छन् । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय अब ४ घण्टा ३३ मिनेट बाँकी छ । बुधवार प्रधानमन्त्रीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।
सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।