Logo
Logo

एआइजीपछि नेपाल प्रहरीमा डिआइजी बढुवाको तयारी


दृष्टि संवाददाता

127.5k
Shares


काठमाडौं । नेपाल प्रहरीमा रातारात एआइजीको दरबन्दी थप गरेर बढुवा सिफारिस भएपछि डिआइजीमा बढुवाको तयारी सुरु भएको छ । एआइजीमा भन्दा डिआइजी बढुवामा चर्काे प्रतिस्पर्धा देखिएको छ ।


डिआइजी सहकुल थापालाई एआइजी बनाउनकै लागि सरकारले एआइजीको दरबन्दी थप गरेकाले सो बढुवामा समस्या भएन । तर, डिआइजी बढुवामा भने आधा दर्जन एसएसपीको दौडधुप छ ।


एआइजी बढुवाको सिफारिसँगै एक डिआइजीको दरबन्दी रिक्त छन् । एक जनालाई मात्र बढुवा गर्दा समस्या हुन सक्ने भएकाले दुई जनाको बढुवा तयारी भइरहेको छ । त्यसको लागि डिआइजीको एक प्राविधिक पदलाई प्रशासनतर्फ लैजानेबारे छलफल भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।


त्यसपछि रिक्त हुने दुई पदमा एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, श्यामलाल ज्ञवाली, भिम ढकाल र किरण बज्राचार्य मुख्य प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक आइजिपी हुने भएकाले अहिले बढुवामा चर्काे प्रतिस्पर्धा देखिएको हो ।

यसअनुसार एसएसपीमा पाँच एसपीको बढुवा हुने भएको छ । असारभित्रै यी बढुवा सकाउने गृह मन्त्रालयको तयारी छ । असारभित्र बढुवा प्रक्रिया नसकिए कात्तिक कुर्नुपर्ने हुन्छ ।


उच्च तहमा यसरी धमाधम बढुवा गर्न लागिएपनि सइबाट इन्सपेक्टर पदमा बढुवा भने महिनौदेखि अलपत्र छ । तल्लो दर्जालाई प्रहरी नेतृत्व र गृह मन्त्रालयले बेवास्था गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्