काठमाडौं । नेकपा एमालेको शुक्रबार बिहान बस्ने बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक भोली बिहान ११ बजे बोलाइएको छ ।
बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार इमेल गरेर बैठकमा आउन पत्र पठाएको छ ।