काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९ दशमलव १२ अंकले बढेको छ । लगातार घटेकाे नेप्से बिहीबार भने २ हजार ८४३ बिन्दुमा पुगेर बन्द भएको हाे ।
कूल २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रूपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ ।
सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ ।