Logo
Logo
एमाले विवाद

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष नजाने


दृष्टि संवाददाता

504
Shares


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने आजको बैठकमा सहभागी नहुने भएको छ ।

बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकालेको थियो भने सहभागी नहुने निर्णय गरेको हो ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका थिए ।

खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान रहेको छ ।

ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्वमाओवादीका २० जना सदस्य रहेका छन् ।

वरिष्ठ नेपालले सकेसम्म सहमतिमै पार्टी एकता जोगाउने र बाध्यात्मक अवस्थामा मात्र नयाँ पार्टीको विकल्प सोच्नुपर्ने बताए । आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालले जहिले पनि आफ्नो प्राथामिकता पार्टी एकता नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्