Logo
Logo

ओलीले बोलाएको बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा


दृष्टि संवाददाता

5.9k
Shares


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेता वामदेव गौतम केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन बालुवाटार पुगेको छन् । ओलीले शुक्रबार २०७५ जेठ ३ अघिको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।


आजको माधव नेपाल तथा झलनाथ खनाल समूहले सहभागी नहुने निर्णय गरेको छ । तर, सो समूहका केही नेता भने बैठकमा सहभागी हुने भएका छन् । पार्टी एकताका लागि भन्दै पुरानो कमिटी ब्युँताउने निर्णय भएको हो । सुरुमा अन्य पक्षलाई पेलेर अघि बढ्न खोजेका ओली आफ्नै कारण पार्टी फुट्ने भएपछि लचिलो बन्दै गएका छन् । तर, नेता नेपाल पक्षसँग उनको दुरी धेरै बढीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्