काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अहिले आफूहरु सवैधानिक रहेको बताएका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्न आएका वकिललाई संविधानको धारा ७६ (७) बारे सम्झाउँदै प्रधानन्यायाधीश राणाले भने, ‘हामी सवैधानिक अभ्यासमा छौं । समय अनुसार, संवैधानिक अभ्यास पनि रुपान्तरण हुन्छ ।’
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतबार सभामुखको तर्फबाट बहस शुरु भएको छ । बहस सुरु गर्दै अधिवक्ता मेघराज पोखरेलले संसद पाँच वर्षसम्म चल्ने निश्चित भएको जिकिर गरेका छन् ।
पोखरेलले ७६(२) र ७६(५) मा के फरक छ र ७६(५) संविधानमा किन थपियो भन्नेमा सही ब्याख्या नै अहिलेको मुख्य विषय भएको बताउँदै ७६(५)मा हृविप लाग्छ भनेर नलेखेको बताएका थिए । उनले भने, ‘सविधानको व्यवस्था के हो यही लागू हुनु पर्छ । पार्लियामेन्ट ५ वर्ष चल्ने फिक्स्ड हो ।’ त्यसपछि प्रधानन्यायाधीश जबराले समयअनुसार संवैधानिक अभ्यास पनि रुपान्तरण हुने बताए ।