Logo
Logo

मनकामना लघुवित्तको आईपीओमा ६४ गुणा आवेदन


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा सो बराबरको आवेदन परेको हो ।

लघुवित्तको आइपीओमा २ अर्ब ३२ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ३२ लाख ७ हजार ४६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ६३.८५ गुणा बढी हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्