काठमाडाैं । संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले सरकारले असंवैधानिक काम गरेको भन्दै संविधान देखाएर प्रदर्शन गरेका हुन् ।
सहभागीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड बाेकेका थिए ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले सरकार मात्रै नभएर संविधानको रक्षा गर्ने दायित्व पाएको राष्ट्रपति कार्यालयले समेत असंवैधानिक काम गरेकाले विरोधमा उत्रनुपरेको बताएका थिए ।
उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्ष घोषणा गरेका छन् ।