Logo
Logo

एमालेको मिलन विन्दु खोज्ने प्रयास, कार्यदल निरन्तर छलफलमा


दृष्टि संवाददाता

5.9k
Shares

काठमाडाैं । नेकपा एमालेको एकता कायम गर्नकालागि सिंहदरबारमा बसेको कार्यदलकाे बैठकले छलफल सकरात्मक भएकाे जनाएकाे छ ।

पार्टीभित्रकाे विवाद समाधान गर्न पुनः ब्युँताइएकाे कार्यदलकाे बैठकमा अनाैपचारिक तवरमा भएका कुराहरुलाई औपचारिक छलफलमा ल्याइएकाे छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भीम रावलले बैठक सकरात्मक भएकाे प्रतिक्रिया दिए ।

यस्तै बैठकमा सहमतिका मस्यौदाका विषयमा छलफल भएको कार्यदल सदस्य गोकर्ण विस्टले बताए।

 ‘पार्टीभित्रै छलफल गरे सहमतिका लागि निकास खोज्ने, पार्टी नेता, कार्यकर्ता र आमजनताको चाहना बमोजिम एकतालाई सार्थक बनाउनेगरी छलफल भयाे ।’ गाेकर्णले भने । भाेलि १ बजे फेरि बैठक बस्नेछ ।”

सिंहदरबारमा सोमबार साँझ भएको बैठक झण्डै डेढ घण्टा बसेर सकिएको थियाे । 

प्रतिक्रिया दिनुहोस्