काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने तीन सचिवको सरुवा गरेको छ । मधुसुदन बुर्लाकोटी र सुशीलचन्द्र तिवारीलाई सचिवमा बढुवा गरिएको छ । बुर्लाकोटी प्रशासनतर्फका तथा तिवारी इन्जिनियरीङ सेवाका हुन् ।
बढुवा भएका मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ ।
त्यस्तै तीन सचिवको सरुवा समेत भएको छ । सचिवहरु तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि हेर्ने गरी आचार्यको सरुवा भएको हो ।
राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएसँगै सचिव पद रिक्त थियो । त्यसैगरी सचिव गोपी मैनालीले अनिवार्य अवकाश लिएसँगै उपराष्ट्रपतिको कार्यालय र सञ्जय शर्मा अनिवार्य अवकाशमा गएसँगै विज्ञान सचिवको पद रिक्त रहेको थियो । उपराष्ट्रपति कार्यालयमा सरुवा भएका रामकृष्ण सुवेदी तीन वर्षदेखि प्रदेशमा कार्यरत थिए ।