Logo
Logo

मौद्रिक नीतिमा सहकारी महासंघको १५ बुँदे सुझाव


दृष्टि संवाददाता

189
Shares


काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकमा राष्ट्रिय सहकारी बोर्डले आफ्नो १५ बुँदे सुझाव पेश गरेको छ । विशेषगरी सहकारीलाई पनि सबै प्रकारका सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गर्नुपर्ने, सबै प्रकारका डिजिटाइजेशनको बाटो खोलिदिनुपर्ने लगायत सुझाव महासंघले दिएको छ ।

कोभिडका कारण प्रभावित क्षेत्रहरूमा प्रवाह गरिने पुनर्कर्जा, कृषि उत्पादन एवं प्राथमिकताप्राप्त क्षेत्रमा प्रदान गरिने सबै प्रकारका सहुलियतपूर्ण कर्जा सहकारीमार्फत परिचालन गर्ने व्यवस्था हुनुपर्नेमा महासंघले जोड दिएको छ । शैक्षिक प्रमाणपत्र धितो र परियोजना धितो राखेर स्टार्टअप फण्ड, ल्यापटप खरीद लगायत कामका लागि युवा, विद्यार्थी र विपन्न वर्ग लक्षित सहुलियत कर्जा लगानीमा वाणिज्य बैंकहरूले प्राप्त गर्ने सुविधा सहकारीले पनि पाउने व्यवस्था व्यवस्था हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

यसै क्रममा बैंक तथा वित्तीय सहकारी संस्थाले अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने विपन्न वर्ग कर्जा तथा कृषि कर्जा कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत सहकारी क्षेत्रबाट परिचालन गर्नुपर्ने महासंघको माग छ । कोभिडका कारण व्यवसाय प्रभावित हुँदा भुक्तानीमा कठिनाइ भएकाले कर्जा भुक्तानी अवधि थप्न र कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गर्न जरुरी रहेको महासंघले बताएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्