Logo
Logo

एमाले कार्यदलकाे बैठकमा संगठनात्मक विषयमा छलफल


दृष्टि संवाददाता

4.9k
Shares

काठमाडाैं । संगठनात्मक विषयमा छलफल गर्दै एमाले कार्यदलकाे बैठक सकिएकाे छ । पार्टीभित्रकाे विवाद समाधान गर्न भन्दै हिजाेबाट पुनर्जीवित पाएकाे कार्यदलले मंगलबार पनि छलफल गरेकाे हाे । बैठकमा पार्टीकाे संगठनसँग जेाडिएका विषयमा छलफल भएकाे माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।

‘जसरी अदालतको फैसलापछि नेकपा एमाले पुनर्जीवित भएको छ । त्यसपछि एमालेको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरु उत्पन्न भएका छन् । ति विषयमा कार्यदलका सवै सदस्यहरुबाट सहमतिका आधारमा अघि बढ्ने बारेमा छलफल भयो’,नेता रावलले भने, ‘यिनै विषयमा पुन भोली छलफल हुन्छ ।’

यता, बैठकबाट निस्किँदै नेताहरूले ठोस प्रगति नभएको संकेत गरेका छन् । स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो । छलफल जारी रहन्छ । टुंगिन पनि सक्छ नटुंगिन पनि सक्छ ।’

गत जेठ २ गते गठन गरिएकाे कार्यदल बैठकलाई निरन्तरता दिँदै मंगलबार संगठनात्मक विषयमा छलफल गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्