Logo
Logo

जीवन लघुवित्तकाे आइपीओ भोलि बाँडफाँट हुने, ९१ प्रतिशतले शेयर नपाउने


दृष्टि संवाददाता

2k
Shares

काठमाडाैं । जीवन विकास लघुवित्तकाे आइपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्