काठमाडौं । नेकपा एमाले विवाद समाधानका गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच देखिएका समस्या माधान गर्न गर्ने हेतुले आज बैठक सुरु भएको हो ।
यसअघि बिहान १० बजे बैठक तय गरिएको भएपछि नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेपछि पौने १२ बजे मात्र बैठक सुरु भएको छ ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य लगायत रहेका छन् भने ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् । आज बस्ने बैठकले विवाद समाधानको केही निकास निस्किने अपेक्षा गरिएको छ ।