Logo
Logo
एमाले विवाद

दुवै पक्षको भनाइ, ‘विवाद समाधान उन्मुख’

बिहीबार पनि बस्दै कार्यदल बैठक


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपा एमालेको विवाद सामाधान गर्न गठित कार्यदलको बुधबार बसेको बैठक दुवै पक्षले सकरात्मक भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि अध्यक्ष केपी ओली पक्षका नेता प्रदीपकुमार ज्ञवालीले विवाद सामाधान उत्कर्षोन्मुख बताएका छन् । उनले भोली बस्ने बैठकले टंगो लगाउने बताए ।

यस्तै, बैठकपछि बरिष्ठ नेता माधव नेपाल पक्षले पनि बैठक सकारात्मक रुपमा अघि बढिरहेको जनाएको छ । बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले दुवै पक्षको अविश्वासको खाडल पुरिँदै गएको बताए । उनले भने, ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छाँै ।’ उनले बिहीबार बस्ने बैठकले सम्भवतः टुंगो लगाउने बताए ।

नेता विष्टले नेकपा एमालेको नेता र कार्यकर्ताको भावनाबामोजिम एकता हुने बताउँदै त्यहीअनुसार तयारी भइरहेको बताए । उनले भने, ‘जेठ २ को अवस्थामा फर्कने यसअघि नै सहमति भइसकेको छ । अन्य विषयमा पनि सहमति खोज्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस्