Logo
Logo

वागमती प्रदेशसभाको बैठक आह्वान


दृष्टि संवाददाता

1.3k
Shares

मकवानपुर। वागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक डाकेको हो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट पास गराउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा निरन्तर बैठक अवरुद्ध भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक शनिवारका लागि बोलाइएको हो ।

प्रतिपक्ष दलको अवरोधका कारण प्रदेशसभाका बैठक असार २१ गते सोमबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपुरक बजेट र योजनाको बाँडफाँड न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद्मा अवरोध सिर्जना गर्दै मोर्चाबन्दी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्