Logo
Logo
एमाले विवाद

दुवै पक्षको दावी, ‘सहमति नजिक पुगेका छौँ’

साँझ बस्नेगरी कार्यदल बैठक स्थगित


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । नेकपा एमाले मिलाउन बनेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार सुरु भएलगत्तै आन्तरिक गृहकार्य गर्न भन्दै बैठक स्थगित भएको हो । बैठक आजै साँझ सात बजे पुनः बस्ने भनिएको छ ।

एमाले ओली पक्षका नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले बैठक सारिएको बताए । उनले भने, ‘केही तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरेका हौँ ।’

नेता नेम्बाङले सकेसम्म आजै भरसक विवाद समाधनलाई निष्कर्षमा पुर्याउने बताए । उनले भने, ‘सानो संयुक्त वक्तव्य कुरा न हो । हामी पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ । छलफल जारी छ, सकारात्मक छ गम्भीर छ ।’

यस्तै, एमाले माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि आजको बैठकमा छलफल सहमतिको विन्दुमा पुग्ने बताए । बिहीबार सिंहदरबारमा बसेको बैठक स्थगित भएपछि उनले भने, ‘आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको छ । लगभग सहमतिको विन्दुमा हामी पुगेका छौँ ।’

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको हो । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्