Logo
Logo

२४ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको सेयर कारोबार


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । सातामा कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले बढेर २ हजार ८ सय २४.८९ विन्दुमा पुगेको छ ।आइतबारदेखि सबै दिन घटेको नेप्से बिहीबार करिब २४ अंकले बढेर बन्द भएकाे हो ।

यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ। 

प्रतिक्रिया दिनुहोस्